शनिबार, बैशाख १५, २०८१

सुरक्षित रगत सबैका लागि भन्ने नारासहित आज विश्व रक्तदाता दिवस मनाइदै

काठमाडौ जेठ ३१ ,आज विश्व रक्तदाता दिवस नेपालमा पनि सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नारा सहित विभिन्न कार्यक्रम गरी मनाइदै छ । विश्व रक्तदाता दिवसको अवसरमा आज नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइदैछ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । त्यस्तै आजको दिन रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने गरिन्छ ।

मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ । मानिस जीवित रहनका लागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुले बताएका छन ।

मुलुकमा पछिल्लो समय बढ्दो रक्तभावको समस्या लाइ दृष्टिगत गर्दै  रक्तदान गरौं भन्ने सन्देशसहित राजधानीमा ब्लड डोनर्स एसोसियसनले अस्पतालमा रगतको अभाव हुन नदिन नियमित रक्तदान गर्न आह्वान गरेको छ । रक्तदान गर्नु जीवन दान गर्नुसरह भएको भन्दै रक्तदान गर्दा कुनै बेफाइदा नहुने जनाउँदै स्वस्थ मानिसले प्रत्येक तीन महिनामा रक्तदान गर्न मिल्ने चिकित्सकहरुले बताएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।