बिहिबार, चैत्र १५, २०८०

थोक औषधि व्यवसायीको भूमिका आफैमा महत्वपूर्ण : महानिर्देशक ढकाल

पोखरा जेठ ३१ , नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक  नारायण प्रसाद ढकालले गुणस्तरिय औषधि सर्वसुलभ मुल्यमा सहजरुपमा उपभोग गर्न पाउँने नागरिकको हकको रक्षार्थ विभाग अविराम क्रियाशील रहेको बताउँनु भएको छ ।

नेपाल औषधि थोक व्यवसायी संघको आयोजनामा शुक्रवारबाट गण्डकी प्रदेश पोखरामा शुरु भएको दुइ दिवशीय थोक औषधि व्यवसायी लक्षित वितरण तथा भण्डार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको एक विशेष कार्यक्रमकावीच औपचारिक शुभारम्भ गर्दै महानिर्देशक ढकालले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

 त्यस्तै उहाँले गण्डकी प्रदेशका ५ दर्जन भन्दा बढि थोक औषधि व्यवसायीको सहभागिता रहेको प्रस्तुत कार्यक्रममा गुणस्तरिय औषधि उपभोक्ता सम्म पुर्याउँने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेका थोक औषधि व्यवसायीको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउँदै सिकाइ र यसको प्रभावकारितालाइ थप परिष्कृत गर्न विभाग सरोकारवाला संस्थावीचको फुयुजन हुन आवश्यक भएको बताउँनु भएको छ ।

त्यस्तै औषधि जगतमा पछिल्लो समय देखिएको अनेकन समस्या निवारणको लागि समेत थोक व्यवसायीको भूमिका आफैमा उच्चतम रहेको धारणा अभिव्यक्त गर्दै गुणस्तरिय औषधिको विक्री वितरणका लागि  व्यवसाय शुरु गर्दैगर्दा भण्डारण र वितरणको विषयमा अपनाइनुपर्ने न्यूनतम मापदण्ड अन्र्तगत दर्ता प्रक्रिया, कानुनी अवस्था संगै मुलुकको संघीय सरचना अनुरुप ७ वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य निर्धारण गरिएको अभिमुखिकरण कार्यक्रमले यस क्षेत्रमा नयाँ आयामको सिर्जना गरको बताउँनु भएको छ ।

त्यस्तै औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले अभिमुखिकरणको माध्यमबाट औषधिको वितरण् यसको भण्डारणमा सचेतना जागृत गर्ने लक्ष्य सहित शुरु गरेको अभिमुखिकरणले नयाँ अध्यायकोको शुभारम्भ गरेको जनाउ दिदै कार्यक्रमको सफलताको कामना गर्नु भएको छ ।
त्यस्तै संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले   आफ्ना सदस्यको व्यवासायिक सुरक्षा सहित व्यवस्थित औषधिको कारोवारका लागि संस्थागत पहलकद्मी लिदै आएको बताउँदै यस क्षेत्रमा यो वा त्यो कोणबाट देखिदै आएको समस्या समाधानको लागि निरन्तर खवरदारीमा रहने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको छ ।

औषधि व्यवस्था विभागका विधागत प्रशिक्षकद्दय किरण बज्राचार्य र अरविन्द वानियाले औषधि को भण्डारण र वितरणको क्रममा अपनाइनुपर्ने सावधानी तथा सचेतनाका सवालमा सहभागीहरुलाइ प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तैगरि संघका गण्डकी प्रदेशका अध्यक्ष रुद्र मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रमा केन्द्रीय माहासचिव गणेश नेपाल, इनोभेटिभ फर्मा ल्यावका कार्यकारी निर्देशक विप्लव अधिकारी, संघका सल्लाहकार इन्द्रप्रसाद शर्मा लगायतले शुभकामना अभिव्यक्त गर्नुभएको थियो भने कार्यक्रममा आडि रेमिडिजका कार्यकारी प्रमुख सन्तोष बराल लगायत औषधि जगतका विशिष्ट व्यक्तित्वको उपस्थित रहेको थियो ।कार्यक्रमको सञ्चालन ओजपूर्ण शैलीमा गण्डकी प्रदेशका सचिव गोपाल अधिकारीले गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।