मङ्लबार, बैशाख २५, २०८१

थिएटर मलमा साना नानीहरुले देखाए नाटक

काठमाडौं बैशाख ९, विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक क्रमस ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ मञ्चन गर्दै सो ग्यारेजको समापन गरेको हो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख अथित्यता र विभिन्न स्कुलका प्रधानाध्यापक तथा बालसाहित्यकारको आतिथ्यतामा उनीहरुले अभिभावकमाझ आफ्ना नाट्य प्रस्तुति गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा मार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापको सञ्चालन संगै जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृंखला ‘मेच्या बिरालो’ को चौथो श्रंखला ‘चियाको रमाइलो’ पनि वमोचन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु