बिहिबार, बैशाख १३, २०८१

कुनैपनि किसिमका अपराध नियन्त्रणका लागि नेपाल प्रहरी प्रतिवद्ध : महानिरीक्षक खनाल

 काठमाडौ बैशाख ९,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताउनुभएको छ ।  २०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य रहासिल उपलब्धीहरु सम्बन्धमा नेपाल प्रहरीले आज प्रहरी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा  प्र���री महानिरीक्षक खनालले यस्तो अभिव्यक्ति दिनु भएको  हो  ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक   खनालले कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रणका साथै त्यस्ता गतिविधिहरु निर्मूल गर्नेतर्फ नेपाल प्रहरी सदैव केन्द्रित रहेको बताउँदे अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै उहाँले शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुढृढ बनाउन तथा अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले पूर्ण व्यवसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको बताउनु भएको छ ।

साथै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अन्तर्गत नेपाल प्रहरीले गृह सुधार योजना अनुसार काम गरिरहेको बताउँदै प्रहरीले गरेका गतिविधि र समृद्धिमा पुर्‍याएको योगदानको बारेमा गरेका गतिविधिहरु मार्फत समाजमा सकारात्मक सन्देश पुर्‍याउन संचारकर्मीहरुले अहम भूमिका खेल्नुपर्ने आवश्यकता औल्याउँनु भएको छ । साथै उहाँले निर्मला पन्तको हत्यारा, रामबहादुर बम्जनबारे नेपाल प्रहरीले गहिरो ढङ्गले अनुसन्धान भइरहेको बताउँदै कुनैपनि किसिमका अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानून विपरीत काम गर्ने जो कोहीलाई कारवाही गर्छौँ, महानिरिक्षक खनालले भने ।

पत्रकार सम्मेलनमा प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले त्यस्तै पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशभरका ७५१ स्थानीय तहसँग सम्झौता भइसकेको जानकारी दिदै पछिल्लो समय नेपाल प्रहरीबाट भएका समसायिक बिषयमाथि प्रकाश पार्दै अपराध अनुसन्धान र नियन्त्रणतर्फ मानव बेचबिखन र साइबर अपराधको बढ्दो चुनौतिलाई सम्बोधन गर्नका लागि बिशिष्टिकृत इकाईको स्थापना तथा क्षमता अभिबृद्धि , शान्ति सुरक्षामा प्रहरीको गतिशीलता, अपराध अनुसन्धानतर्फ पक्राउ विवरण, मुद्दा दर्ता, लागूऔषध बरामद, अवैध हातहतियार तथा विस्फोटक पदार्थ बरामद, अवैध सुन बरामद, राजस्व चुहावट नियन्त्रण, राजस्व योगदान तथा इन्टरपोलबाट जारी भएका नोटिस, विपद् उद्धारमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सम्बन्धी जानकारी दिनुभएको थियो ।

साथै उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि ३ महिने कार्ययोजना बनाई कार्यान्वयन गरिएको बताउँदै नेपाल प्रहरीका प्रशासनिक गतिविधि, तालिम कार्यक्रम, कार्वाही तथा पुरस्कार, प्रहरी कल्याण कोषबाट सञ्चालित कल्याणकारी कार्यक्रमहरू, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय समझदारी र उपलब्धी, स्रोत व्यवस्थापन, आर्थिक सुशासन, सूचना तथा सञ्चार प्रविधि एवम् भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।