शुक्रबार, चैत्र १६, २०८०

कम्युनिस्टशक्ति विरुद्ध काङ्ग्रेसले विगतदेखिनै प्रतिक्रियावादी शक्तिसँग चोचोमोचो गर्दै आएको प्रम ओलीको आरोप

पार्टी एकता रोक्न आन्तरिक र बाह्य रुपमा भएको अनेकन प्रयासका वाजुद पनि जनतामाझ गरिएको प्रतिबद्धता पूरा गर्न सफल भएको अध्यक्ष प्रचण्डको जनाउ

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस : 

काठमाडौ वैशाख ९.  नेपालमा कम्युनिस्ट पाटीको स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको खेदो खन्दै काङ्ग्रेसका केही नेता जन्मसिद्ध श्रेष्ठताका आधारमा शासक बनाउन सकिन्छ कि भन्ने मानसिकतामा लागेको आरोप लगाउँनु भएको छ ।

त्यस्तै काङ्ग्रेसले विगतदेखि अहिलेसम्म पनि कम्युनिस्ट शक्ति विरुद्ध प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्दै आएको बताउँदै काँग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग नै एकता गर्न र राजतन्त्र फर्काउने सपना देख्दै रमाउँने काम नगर्न भनेका छन ।

साथै उहाँले सम्बोधनको क्रममा नेपाली जनताले विगतदेखि उठाउँदै आएको न्याय, समानता, सामाजिक सद्भाव र न्याय, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारलाई संस्थागत गर्न सफल भएको बताउँदै आजबाट कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन गरिएको प्रयास सार्थक र सफल भएकोमा हर्ष व्यक्त गर्दै राष्ट्रियताका पक्षमा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउँनु भएको छ ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले  एकता प्रक्रिया बाँकी रहेको कामसमेत केही समयभित्रै टुङ्गो लगाइने बताउनुभयो । एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरेसरह भएको भन्दै नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको बताउँनु भएको छ । साथै उहाँले पार्टी एकताको सवालमा यो वात्यो कोणबाट विभिन्न आशंका गरिएको भन्दै अध्यक्ष एकता रोक्न आन्तरिक र बाह्य रुपमा पनि भएको अनेकन प्रयासका वाजुद पनि जनतामाझ गरिएको प्रतिबद्धता पूरा गर्न सफल भएको बताए ।

त्यस्तै उहाँले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गरिसक्ने दावी गर्दै जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।