मङ्लबार, बैशाख १८, २०८१

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी,सुनुवाइ बुधबार हुँने

काठमाडौ वैशाख ३,  संसदीय सुनुवाई समितिको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका ५ जना र निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्तको सिफारिस  विरुद्ध परेका उजुरीको सवालमा नितिगत निर्णयका लागि सुनुवाइको मिति तय गरेको छ ।  ससदीय सुनुवाइ समितिको बैकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया विरुद्ध उजुरी दिने उजुरी कर्तासंग बुधबार ११ बजे छलफ गरेसंगै दिउँसो २ बजे समितिले छलफल गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालको प्रस्तावित न्यायाधीशहरुविरुद्ध ५ र प्रमुख आयुक्तविरुद्ध ६ वटा उजुरी परेको सुनवाइ समितिले जनाएको छ ।

न्याय परिषद्ले गत चैत १८ गतेको बैठकलृ सर्वोच्चअदालतका लागि  न्यायाधीशमा हरि फुँयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मालता माथेमा र मनोजकुमार शर्माको नाम मध्ये ढुंगानाविरुद्ध दुई र फुयाँलविरुद्ध एक उजुरी परेको छ भने समग्रमा न्यायाधीश नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउदै थप दुईवटा उजुरी परेका छन् । यस्तै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध ६ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ ।

त्यस्तैगरि सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका न्यायाधीशविरुद्ध दर्ता भएको उजुरीृपर भने विहिवार उजुरीकर्तासंग को छलफल पछि संसदीय सुनुवाई समितिले उनीहरूको सुनुवाइ गर्ने भएके छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।