मङ्लबार, बैशाख १८, २०८१

सरकारलाइ संसदको मान मर्दन नगर्न नेता गच्छदारको चेतावनी

काठमाडौ चैत १० , सङ्घीय संसद्को हिउँदे अधिवशेनको अन्त्य पूर्व  आज बसेको प्रतिनिधिसभाको बैठकमा वोल्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता विजय गच्छदारले सार्वभौम संसद्लाई अपमान गर्न नपाइने र सत्तापक्ष सधैँ जिम्मेवार हुनुपर्नेमा सरकाले यो वा त्यो वहानामा पटक पटक सरकारबाट हुँदै आएको संसदको मानमर्दन प्रतिपक्षीदल काँग्रेसलाइ स्वीकार्य नभएको भन्दै सरकारलाइ सचेत हुन चेतावनी दिनु भएको छ ।

त्यस्तै नेता गच्छदारले सरकारको कामकारवाही चौतर्फी फेल भएका कारण सरकाले संसदको फेस गर्न नसकेको आरोप लगाउँदै भने निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने हत्यारा पत्ता लगाउँन नसक्ने सरकारले अरु ठूलठूला कुरा नगर्दा हुँने बताउँनु भयो ।

साथै उहाँले सरकारले संसदमा सार्वजनिक गर्छु भन्दै प्रतिवद्धता जनाएको लाल प्रतिवेदन सार्वजनिक गर्नमाग गर्दै सरकार सदनप्रति उत्तरदायी नभएकोमा सरकारको कटु आलोचना गर्नुभइको छ ।  त्यस्तैगरि उहाँले विप्लव नेतृत्वको नेकपासंग तत्काल वार्ताको वातावरण बनाउँन समेत माग गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।