मङ्लबार, बैशाख २५, २०८१

कीर्ते मुद्दामा पर्सा मालपोत कार्यालयका तत्कालीन अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनले तोकेभन्दा कम राजश्व लिई जग्गा पास गर्ने पर्सा मालपोत कार्यालयका तत्कालीन अधिकृतसहित ५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा मालपोत कार्यालयका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल, तत्कालीन नायब सुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराई यस्तैगरि जग्गाधनी शारदा देउजा र जग्गा खरीदकर्ता कौशलकिशोर श्रीवास्तव यस्तैगरि जग्गाधनी शारदा देउजा र जग्गा खरीदकर्ता कौशलकिशोर श्रीवास्तवविरुद्ध मुद्धा दायर गरेको जनाउँदै निजहरुले भक्तपुर चित्तपोल–४ बस्ने शारदा देउजाको नाममा रहेको जग्गामा बनेको घर विक्रीको क्रममापरम मुल्य भन्दा कम अर्थात रु ३ लाख मूल्य कायम गरि सोको राजश्व कम गर्नक लागि कीर्ते कागजात बनाई घरजग्गा बेचबिखन गरेको आयोगले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा सरकारी कागजात कीर्ते गरी रु तीन लाखको मात्रै रु १२ हजार राजश्व तिरेको र तिर्नुपर्ने राजश्व रु एक लाख २८ हजार हिनामिना गरेको जनाएकोछ ।

  त्यस्तै  आयोगले आजै जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट भई स्रेस्ता कायम गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग निजद्दयले घुस मागेको आयोगले जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728