शनिबार, बैशाख १५, २०८१

नेता नेपालले दिए प्रम ओलीलाइ यस्तो चेतावनी

काठमाडौं फागुन २८, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले ओलीले अदृश्य शक्तिको प्रभावमा परेर रातारात सिके राउतसंग हचुवाको भरमा सहमति गर्दै पार्टी र सरकारको गरिमामा आँच आउँने काम गरेका भन्दै कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

पार्टीका आफूनिकट नेताहरुसँग सोमवार गोप्य छलफल पछि नेता नेता नेपालले सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गरेको जनाउ दिदै  प्रस्तुत सहमतिले पार्टी र सरकारको गरिमाम दुरगामी प्रभाव पारेको बताएका छन ।

समाचार स्रोतका अनुसार सरकारसँग सहमतिलगत्तै सहमतिमा अभिव्यक्त प्रतिवद्धता विपििरतका क्रियाकलापमा राउत र उनका समर्थकले देखाएको रवैयाका कारण सरकारले कुनै अदृश्य शक्तिको प्रभाव परेको छलफलको निष्कर्ष रहेको र त्यसमाथि विना छलफल रातारात सहमतिको वातावरण बनाउँदै प्रमले सरकारलाइ सिके सञ्जालमा गाँजेको निष्कर्ष सहित अविलम् यी यावत विषयमा गम्भीर चिन्तन नगर्ने हो भने मुलुकमा नयाँ घटनाको सूत्रपात निश्चित रहेको ठहर गरेको बुझिएको छ । यसको लागि अब बस्ने पार्टीको बैठकमा सरकारका कदमलगायत समग्र विषयमा गम्भिर समिक्षा गर्ने नेता नेपालको तयारी छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।