मङ्लबार, बैशाख १८, २०८१

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाइने

काठमाडौ पुस १८/ राम चन्द्र प्रजापति , खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । आज सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने रङ्गशालाको लागि १ हजारदेखि आवश्यकता अनुसार १५ सय रोपनीसम्मको जग्गा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने आजको छलफल पछि भएको सहमतिमा उल्लेख गरिएको छ ।

उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजना ९ल्याण्ड पुलिङ० को माध्यमबाट गरिने भएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ ।

त्यस्तै जग्गा एकिकरणको लागि सूर्यविनायक नगरपालिकाको वडा नं। ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाको ८ र ९ नं। वडालाई प्रयोगमा ल्याउने बताइएको छ । त्यसको लागि तत्काल आवश्यक प्रकृया पुरा जग्गा पहिचान गर्ने र निर्माण प्रकृयालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सवै कानुनी तथा प्राविधिक कार्यहरु सम्पन्न गरी अबको १५ दिन भित्रमा डिपिआरको प्रकृयामा जाने समेत सहमति भएको बताइएको छ ।

छलफलको क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजना अनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनु पर्ने बताउनुभयो ।  नेकपाका  नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले रङ्गशाला तथा कर्वोड हलको डिपिआर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विकासमा राजनीति गर्नु नहुने भन्दै सांसद बस्नेतले स्थानीयवासीको समस्यालाई जनप्रतिनिधिले समष्टिगत रुपमा समाधान गर्दै जाने भएकाले सरकारलाई उक्त रङ्गशाला निर्माण गर्दा कुनै समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो

त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापाले भक्तपुरमा भएका इटाभट्टाका कारण वातावरण प्रदुषणको मात्र वढ्दै गएको बताउनुभयो । उहाँले भक्तपुरलाई विकसित बनाउन आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसका लागि तत्काल जग्गा पहिचान गर्ने र निर्माण प्रक्रियालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने नितिगत सहमति कायम गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।