मङ्लबार, बैशाख ११, २०८१

वाइड बडी खरीदमा रु चार अर्ब ३५ करोडको घोटाला , मन्त्री अधिकारी, महाप्रवन्धक कंसाकार सहित तत्कालीन जिम्मेवार अधिकारीलाइ कारवाही गर्न सिफारिश

काठमाडौ पुस १८ , प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति अन्र्तगत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा रु ४ अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा उपसमितिका संयोजक राजेन्द्र केसीले निगमका दुईवटा वाइड बडी खरीदका क्रममा सार्वजनिक खरीद ऐन विपरीत अनियमित तरिकाले खरिद गरिएको बताउँदै वाइड बडी विमान खरीद प्रकरणको क्रममा भएको खुलासा गरेको हो ।

त्यस्तै उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका समेत यस प्रकरणमा मिलोमतो रहेको जिकिर सहित मन्त्री अधिकारी जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिएकाले प्रचलित कानूनबमोजिम कारवाही गर्न निर्देशन दिन समितिलाई सिफारिश गरेको छ । त्यस्तै उपसमितिले प्रस्तुत प्रकरणमा तत्कालीन मन्त्रीद्दय जीवनबहादुर शाही र जीतेन्द्रनारायण देवले नैतिक जिम्मेवारी लिनुपर्ने जिकिर गर्दै मन्त्री शाहीमाथी कानूनसम्मत कारवाहीका लागि निर्देशन गर्न सिफारिस गरेको छ ।

त्यस्तै आर्थिक हिनामिना गर्ने उद्देश्यबाट गरिएको र विमान खरीद प्रक्रियानै बदनियत पूर्ण र कानूनसम्मत नरहेको तथा अख्तियारको दुरुपयोग भएको अनुसन्धानको क्रममा भेटिएको जनाउ सहित संयोजक केसी प्रतिवेदनमा तत्कालीन मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष प्रेमकुमार राई, शङ्करप्रसाद अधिकारी र वर्तमान सचिव कृष्णप्रसाद देवकोटा तथा विमान खरीदमा अनियमिततामा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न कानूनी कारवाही अघि बढाउन सिफारिश गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।