मङ्लबार, बैशाख १८, २०८१

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौ पुस १५ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा आज पक्राउ गरेको जनाएको छ ।

आयोगका अनुसार सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै इञ्जिनीयरद्दयले सेवाग्राहीसंग रु ८० हजार घुस लिएको आयोगको दाबी सहित आवश्यक छानबिन पछि आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।