शनिबार, बैशाख ८, २०८१

प्रस्तावित प्रन्याको आजको संसदीय सुनवाइ कर्मचारीको आन्दोलनका कारण आधाअपुरो, अर्को सुनवाइ मंगलवार

काठमाडौ पुस १५ , संसदीय सुनुवाई विशेष समितिले आज सर्वोच्च अदालतका लागि प्रस्तावित प्रन्या चोलेन्द्र समशेर जबराको सुनुवाई गर्ने कार्यक्रम संघीय संसदका कर्मचारीहरुको आन्दोलनका कारण प्रभावित बनेको छ ।

समतिले न्यायाधीश जबरालाई दिउँसो २ बजे सुनुवाईको लागि बोलाइए पनि सुनुवाईको क्रममा सांसदले प्रश्न गर्ने क्रम चलिरहँदा ४ बजेपछि कर्मचारीले काम गर्न नसक्ने जनाउ दिएसंगै सुनुवाईको क्रम आधा अपुरो भएको हो ।

कर्मचारीका कारण आधारअपुरोमा स्थगन गरिएको सुनुवाइ सोमबार बिहान ११ बजे गर्ने तयारी भएपनि नेपाली काँग्रेसका सांसदहरूले मेलिमलाप दिवसका कारण आफुहरु आउन नसक्ने बताएपछि मंगलबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।