मङ्लबार, बैशाख १८, २०८१

जारी काँग्रेस केन्द्रीय समिति बैठकमा नेता राठोरले भने- कसको नेतृत्वमा जाँँदा कांग्रेसले चुनाव जित्छ ?

काठमाडौ मंसिर २२,  प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुक्रवारको बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत तथा केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्ट र अमरसिंह पुनले आ–आफ्नो धारणा राख्नुभएको थियो।

यसैक्रमा जारी बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलीयो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नु पर्ने बताउँदै पटक पटक समानुपातिक र आरक्षणको सुबिधा आफु मात्र उपभोग गर्ने प्रवृतिका कारण राजनीति जनताको बिकाश र समृद्धिका लागी गरेको होकी आफु पदमा बसीरहनका लागी गरेको भन्ने प्रश्न गर्दै उहाँले  राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन नपाउने , केन्द्रीय सदस्य हुन नपाउने र एक पटक भन्दा बढ़ी समानुपातिक र आरक्षणको सुबिधालिन नपाउनु पर्ने बिधान बनाउनु आवश्यक हेको बताए । त्यस्तै उहाँले बिशेष परिस्थितिमा ३ पटक बढ़ी चुनाव लड़नु पर्ने भएमा कारण खुलाई क्षेत्र परिवर्तन गरेर लडन सक्ने व्यवस्था गर्ने दफागत व्यवस्था कायम गर्नुपर्नेमा जोड दिनु भएको छ ।

साथै उहाँले निर्बाचनमा पार्टी पराजयको कारण नेतृत्वको आलोचना गर्दै पार्टी भित्र ७० बर्षे उमेरहटबन्दीको कुरा चर्काचर्कीरुपमा उठ्दै गर्दा उक्त अभियान चलाउनेहरू प्रति संकेत गर्दै नेता राठोरले भने कसको नेतृत्वमा जाँँदा कांग्रेसले चुनाव जित्छ भन्दै मेरो नेतृत्वमा जादा म कांग्रेसलाई जिताउछु भन्न सक्नेकोहि छ भने छलफलको लागि आव्हान गर्नु भएकोे छ । साथै उहाँले मिडियाको नजरमा पर्न चाहने तर केन्द्रीय समितिको बैठकमा बोल्न नसक्ने ति नेताहरुप्रति संकेत गर्दै उहाँले ,नीति र विधान बनाउने बैठकमा अनुपस्थित हुने अनि कसरी हून्छ सुधार भन्दै प्रतिप्रश्न गर्नु भएको छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा गत मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेशगरे यता विधान संशोधनका लागि दफावार छलफल चल्दै आएको छ । छलफलको क्रम शनिबार पनि जारी रहने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।