बिहिबार, चैत्र १५, २०८०

लुती अजिमा अर्थात इन्द्रायणी देवीको ३ दिने खटजात्रा मनाईयो

शरण डंगोल / काठमाडौं मंसिर २१,  उपत्यकामा विभिन्न समयमा विभिन्न देवदेवीको खटजात्रा मनाएने गरिन्छ । यसैक्रममा गत बुधवारबाट विधिवतरुपमा मनाउँन सुरु गरिएको कामपा वडा न १७स्थित लुती अजिमा अर्थात इन्द्रायणी देवीको ३ दिने खटजात्रा विधिवत मनाईएको छ । त्रयोदशीको औशीसम्म मनाएने यो जात्रामा मुलत स्थानीय नेवार समुदायका खड्गी, द्योला, श्रेष्ठ, शाक्य, महर्जन, मानन्धर लगायतको सहभागिता रहने गर्दछ ।  त्यस्तै जात्रको सुभारम्कोभको क्रममा पञ्च बली सहितको विशेष पूजा होम अन्र्तगत फट्यांग्रा, माछा, चरा, सर्प, राँगाको टाउको जसलाई जल, जमिन, आकाशको प्रतिकको रुपमा राँगाको टाउको बाहेक अन्य सबै जीवित नै होम गरिनु जात्राको मुख्य आकर्षण रहेको बताइन्छ ।

त्यस्तै प्रस्तुत जात्रा र होमको सवालमा मुलत प्रचलित  किम्बदन्तीअनुसार लुती अजिमा अजिमाहरू मध्ये सबैभन्दा गरिब थिए । कथाअनुसार पशुपतिस्थित बछला माजु ९भुवनेश्वरी० ले सबै दिदी बहिनीलाई पाहाँ चर्‍हे पाउँहना पर्वमा भोज बोलाएछन् । सबैले मीठो मीठो भोज खुवाए तर लुती अजिमालाई भोलिपल्ट मात्र बोलाएछन् । खुसी हुँदै आफ्ना लालाबाला सबै बच्चाहरू लिएर भोजमा जाँदा भोज सिध्याएर भाँडा माझिरहेको थियो । आज भोज होइन रु भनेर इन्द्रायणीले प्रश्न गर्दा भोज त सकिसक्यो । खाने भए हिजोको बासी अलिकति बाँकी होला सोहरेर खाउ भनेर दिदीले उत्तर दिएछन् । यसरी आफू हेपिएपछि चित्त दुखाएर इन्द्रायणी फर्केछन् ।

इन्द्रायणीका धेरै सन्तानहरू थिए र ती सबै भोकले गर्दा रोइरहेका थिए । दिक्क भएकी इन्द्रायणीले जहाँ–जहाँ जुन–जुन बच्चाले धेरै दुःख दियो, त्यहीँ त्यहीँ छोड्दै हिँड्न थाले । आफूलाई एकदम प्यारो लाग्ने आफ्नो कान्छी छोरी मनकामनालाई लिएर केही शीप नलागेपछि खेतमा गएर एउटा फर्सी चोरेर घरमा पकाएर खानलाई काट्दा त्यस फर्सीबाट सुन निस्किएछ । त्यसपछि इन्द्रायणीले आफ्नो सबै बच्चाहरूलाई पुनः घर बोलाएर भोज खुवाए । त्यो दिन बाला चतुर्दशीको दिन थियो । त्यही बेलादेखि इन्द्रायणीको जात्रा अलग्ग हुने गरेको मानिन्छ त्यसवेलादेखिनै सबै अजिमाहरूको जात्रा पाहाँ चर्‍हेको बेला हुने गरेको भएपनि इन्द्रायणीले आफ्ना बच्चाहरूलाई भोज बोलाएपछि अरूले देख्ला भनेर ढोका लगाएर आफ्नो बच्चालाई मात्र खुवाए । अझै पनि बाला चर्‍हेको तीन दिन अगाडि लुती अजिमाको मन्दिरको ढोका लगाउनु पर्ने परम्परा रहिआएको बताइन्छ ।

यद्यपी यस्तो अलौकिक महत्व वोकेको जात्रा सहयोगीको अभावमा बन्द हुने अवस्थामा पुगेको जिकिर सहित स्थानीय समाजसेवी अरुण दास श्रेष्ठले लुती अजिमाको जात्रा गरी थँहिती पुगेसंगै भोलिपल्ट मनाइने मुख्य दे जात्रामा खट बोक्ने जात्रालुको अभावका हुने गरेको बताउँदै यसकैकारण कतै जात्रा नै रोकीन त होइन भन्ने समस्या बढ्दै गएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।