मङ्लबार, बैशाख १८, २०८१

खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गर्ने प्रहरी महानिरीक्षक खनालको प्रतिवद्धता

काठमाडौं कार्तिक २९,  कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गर्दै प्रहरीको छविलाइ उच्च बनाएने बताउँनु भएको छ । गरिने बताउनुभएको छ ।

समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने लक्ष्य सहित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत अस्थायी प्रहरी विटको अवधारणा कार्यान्वयनमा ल्याईएको जानकारी दिदै उहाँले खराबप्रवृतिका मान्छेले प्रहरीको आवरणमा प्रहरीलाई कमजोर बनान सकियो भने आफु अनुकुल विभिन्न आपराधिक गतिविधि गर्न सहज हुन्छ भन्ने सोचबाट प्रहरीका विषयमा अनेकन प्रोपोगण्डा फैलाउँने जस्ता आचरण विपरितको काम गरेको यदाकदा सुन्नमा आएको जनाउ दिदै त्यस्ता प्रहरीलाई   कुनै हालतमा कारवाही गर्ने प्रतिवद्धता समेत त्यस अवसरमा व्यक्त गर्नु भएको प्राप्त समाचारम उल्लेख गरिएको छ ।

साथै त्यस अवसरमा महानिरीक्षक खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गर्नुभएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।