शुक्रबार, चैत्र १६, २०८०

अव बञ्चरेडाँडामा उपत्यकास्थित १८ वटा स्थानीय तहको फोहर व्यवस्थापन गरिने

 काठमाडौ कार्तिक २९,   उपत्यकाबाट दैनिक संकलन हुने   एक हजार २०० मेट्रिक टन    फोहरको व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

यसअघि उपत्यकास्थित १८ वटा स्थानीय तहको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि बञ्चरेडाँडामा दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको जनाउँदै त्यस क्षेत्रमा अहिले बाटो विस्तारको काम भइरहेको कामपका अधिकारीहरुले जनाएका छन ।

सन् २००५ मा जापान सरकरको सहयोगी निकाय जाईकाको सहयोगमा नुवाकोटको सिसडोललाई उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्षेत्रको रुपमा  पहिचान गर्दै अहिलेसम्म त्यस क्षेत्रमा फोहरको व्यवस्थापन गरिदै आएको तर सिसडोलमा अव फोहर फाल्न नसकिने गरि भरिएका कारण बञ्चरेडाँडा लाइ फोहर व्यवस्थापनको लागि छनौट गरि पूर्वाधार तयार गर्न थालिको अधिकारहरुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।