मङ्लबार, बैशाख १८, २०८१

कुष्ठरोगी र तिनका परिवारलाइ दशैभोज

  काठमाडौ असोज २५ , असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा मनाउन सुरु गरिएको वडादशैं सुभारम्भको दोस्रो दिन आज इननर व्हिल क्वल र रोटरीक्लव अफ न्यूरोड सिटीको सयुक्त आयोजनामा आज कुष्ठरोग नियन्त्रण महाशाखा प्रिन्सेप स्मृति कुष्ठ चिकित्सालय सेन्टर खोकनाका २ सय भन्दा बढि कुष्ठरोगी र तिनका परिवारलाइ दशैभोज खुवाईएको छ ।

मानव जातिलाई हजारौँ वर्ष देखि प्रभावित गर्दै आएको कुष्ठरोग जसलाई हान्सेन्स् रोग पनि भनिन्छ। एक जीर्ण संक्रमण अर्थात माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस नामक जीवाणु अर्थाथ ब्याक्टेरियाको कारणले हुने रोग हो कुष्ठरोग । यो रोग उपचार गरे निको हुन्छ । तर नेपाली समाजमा चेतनाको अभावले सामाजिक कलङ्क र देवी देवताको श्रापको रुपमा कुष्ठारोग र रोगीहरुलाइ हेर्ने दृष्टिकोण अझैपनि दुरदराजमा पाइन्छ ।

यद्यपी चेतना अभिवृद्धिका लागि भन्दै नेपालमा पनि धेरै अघिदेखि कुष्ठ रोगसम्बन्धी चेतना मुलक कार्यक्रम सञ्चालन नभएका भने होइन । तर पनि समाजमा अझैपनि केहि त्यस्ता व्यथिती विद्यमान रहेको पाइन्छ । हो यि र यस्तै व्येथितीलाइ चिर्ने अभिप्रायका साथ दशैको अवसर पारेर इननर व्हिल क्वल र रोटरीक्लव अफ न्यूरोड सिटीले यसकसकसिमको कार्यक्रमको आयोजना गरेको रोटरीक्लव अफ न्यूरोड सिटीक्लवका जनसम्पर्क अधिकृत रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ ।

कार्यक्रममा सवैले हेको दृष्टिले हेर्ने गरेका कुष्ठरोगाबाट प्रताडित विरामी र तिनका परिवारहरुको उल्लेख्य सहभागीता रहेको थियो भने भोज खुवाउँदै गरेका इननर व्हिल क्वल र रोटरीक्लव अफ न्यूरोड सिटीका प्रतिनिधीहरुले यस किसिमको कार्यक्रमको आयोजना एवम् केहि हदसम्म भएपनि कुष्ठरोगीको मुहारमा हाँसो देख्न पाउँदा मन प्रफुल्लीत भएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।