शनिबार, बैशाख १५, २०८१

४० हजार घुस लिँदालिँदैको अवस्थामा उपसचिव शाह पक्राउ

  काठमाडौ असोज २५,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरिएको छ ।

ऋायोगद्दारा आज जारी विज्ञप्तिमा उपसचिव साहले विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैककमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिँदालिँदैको अवस्थामा पक्राउ गरिएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा साहमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।