शुक्रबार, बैशाख ७, २०८१

रु दुई लाख लुट्ने लुटेराद्दय मध्ये तामाङ पक्राउ

भक्तपुर असोज २५,  वडादशैपर्वको प्रयोजनार्थ मनि ट्रान्सफरबाट झिकिएको २ लाख लुटेर फरार भएका लुटेराद्दय मध्ये मध्यपुरथिमि नगरपालिका–५ की सिन्धुपाल्चोक  घर भई हाल मध्यपुरथिमि  बस्दै आएका २० वर्षीय सुजन तामाङलाइ महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जया कोइरालाको रु दुई लाख नगद सहितको व्याग लुटेर भाग्ने क्रममा मोटरसाइकलमा आएका दुई जनामभ्ये तामाङलाइ  आज भक्तपुर चाँगुनारायण नगरपालिका– हनुमन्ते पुलमा मोटरसाइकल सहित पक्राउ गरेको छ ।

 त्यस्तै लुटपाटमा संलग्न अर्को एक जनाको खोजी कार्य भइरहेको जनाउँदै लुटपात भएको जानकारी पाएलगत्तै प्रहरीले चौतर्फी नाकाबन्दी गरेर खोजी गर्नेक्रममा एकजना लुटेरा पक्राउ परेको जनाएको छ । यसैवीच पहरी आसन्न पर्वको अवसरमा हुन सक्ने यी यस्ता घटना नियन्त्रणका लागि सादा पोषाकका प्रहरी, गस्ती प्रहरी, मोबाइल भ्यान, दिवा र रात्रि गस्ती, एम्बुसिङ, छड्के चेकिङ बढाएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु