आइतवार, बैशाख ३०, २०८१

आज साउने संक्रान्ति मनाइँदै

काठमाडौं साउन १ ,  आज साउन महिनाको १ गते अर्थात साउने संक्रान्ति हरेक वर्षझैं यस वर्ष साउन १ गतेलाई कर्कट संक्रान्ति रुपमा मनाइँदैछ । माघ १ गते सूर्यले  उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजको दिनबाट दक्षिणतर्फको यात्रा गर्ने भएकाले यस दिनलाइ दक्षिणायन समेत भनिन्छ ।
त्यस्तै आजको दिन मुलत गर्मी र वर्षाका कारण हुन सक्ने चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु निमुर्लिकरणका लागि नदि किनारमा गइ शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश वोकेको पाइन्छ ।

त्यस्तैगरि साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः साउनको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु