शुक्रबार, बैशाख २१, २०८१

सर्वोच्च्द्दारा अल्पकालीन अन्तरिम आदेशको निरन्तरता

 काठमाडौं असार ३२ सर्वोच्च अदालतले यसअधि काठमाडौं जिप्रकाको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

सरकाले साउन १ गते बाट राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न निषेध गर्ने सरकारको तयारी विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नु भएको रिट निवेदनको सुनवाइ गर्दै आज न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा स्थानीय प्रशासन ऐनविपरीत भएको ठहर गर्दै यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सर्वोच्चको प्रस्तुत निर्णयसंगै संविधानको धारा १७ को उपधारा २ को ‘ख’मा बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता सुनिश्चित हुनुको अलावा सरकारले जारी गर्न खोजेको निषेधआज्ञा वेतुक सावित भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।