आइतवार, बैशाख १६, २०८१

यस्तो छ ३ दिने मौसम सम्बन्धी मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान

 काठमाडौं साउन १ , मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि बिहीबारसम्म ३ दिन देशभरमा हल्कादेखि मध्यमखालको वर्षा हुने जनाएको छ ।   महाशाखाद्दारा आज जारी विज्ञप्तिमा ३ दिने मौसमी विवरण उल्लेख गर्दै यस्तो संभावना जनाइएको हो ।

त्यस्तै विज्ञप्तिमा सोमवार दिउँसो देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको पश्चिम भू–भाग र पूर्वी पहाडी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना हुनुको अलावा देशका बाँकी भू–भागका केही स्थानहरुमा भने हल्का वर्षाको सम्भावना औल्याईएको छ ।

त्यस्तै मंगलबार राति देशभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने छ भने बुधबार दिउँसो देशभरि सामान्यदेखि पूर्ण बदली रही देशको सुदूरपश्चिमी भू–भागका साथै पूर्वी पहाडी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षाको हनुको साथै बुधबार राति देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने संभावना रहेको जनाएको छ ।

 यस्तै, बिहीबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाउँदै बिहीबार राति देशभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिम भू–भागका केही स्थानहरुमा र अरु भू–भागका एकरदुई स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाको विज्ञप्तिमा रहेको रहेको उल्लेख छ ।
  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।