आइतवार, बैशाख १६, २०८१

यसपटक पनि मनकामना केबुलकारलाइ सर्टिफिकेट अफ एक्सीलेन्सको प्रमाणपत्र

काठमाडौं साउन १ , मनकामना केबुलकारले उत्कृष्टताको प्रमाणपत्र अर्थात सर्टिफिकेट अफ एक्सीलेन्स पाएको छ । सेवाग्राहीको मूल्यांकनका आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले उत्कृष्टताको प्रमाणपत्र दिएको केबुलकार प्रालिले जनाएको छ ।

“सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र गर्दै आइरहेका   मनकामना दर्शन प्रालिले यो समेत चौथो पटक यस्तो प्रमाणपत्र प्राप्त गरेको जानकारी दिदै प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मनकामना केबुलकारबारे गरेको मूल्याङ्कनको आधारमा प्रमाणपत्र पाइएको जानकारी दिनु भएको छ ।

 मूल्याङ्कन ९० जना मध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, तीन जनाले औसत, दुई जनाले कमजोर र चार जनाले डरलाग्दो भनी मूल्यांकन गरेका छन् । पाँच अंकको समग्र मूल्यांकनमा मनकामना केबुलकारले चार दशमलव पाँच अंक (रेटिङ) प्राप्त गरेका छन ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।