प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा प्रेस काउन्सिलको गरिमालाई कायम राख्न नेपाल प्रेस युनियनद्दारा काउन्सिल नेतृत्व र सबै सरोकारवालाहरु समक्ष अपिल
काठमाडौं असार १४ ,नेपाल प्रेस युनियननले प्रेस काउन्सिल नेपालसँग जोडिएर सार्वजनिक भइरहेका पछिल्ला घटनाक्रमहरुलाई गम्भिरतापूर्वक नियालिरहेको जनाएको छ। प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रसँग सम्वन्धित अर्ध न्यायिक निकायको रुपमा रहेको प्रेस काउन्सिल इतिहासमै सबैभन्दा बढी बिबादमा तानिएको घटनाहरु नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि सुखद बिषय नभएको भन्दै यसबीचमा आम नागरिक तहमा समेत प्रेस काउन्सिलका बारेमा अनेक भ्रम सिर्जना हुनु दुखद अवस्था भएको बताएको छ ।
त्यस्तै विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुख थुन्ने हतियारको रुपमा प्रयोग हुँदै आएको विद्युतिय कारोवार ऐनका कारण प्रहरीले कार्वाही गर्ने अवस्थाबाट सञ्चारकर्मी र सञ्चारमाध्यका बिषय प्रेस काउन्सिलमा ल्याउने बारेमा विगतमा प्रेस काउन्सिलको भुमिका सह्रानिय रहेको जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काउन्सिलका नेतृत्व तथा पदाधिकारीहरुको भुमिकाको हामी सम्मान गर्दैगर्दा केहि दिनयता नेपाली जनमत नै बाँडिने गरि प्रेस काउन्सिलको पक्ष र विपक्षमा आइरहेका अभिव्यक्ति र टिप्पणीहरुले हामीलाई गम्भिर बनाएको जिकिर गरिएको छ।
त्यस्तै जारी विज्ञप्तिमा प्रेस युनियन प्रेस काउन्सिललाई वदनाम गराउने कुराको पक्षमा छैन भने कुनै पनि अर्थमा अराजकताको समर्थन पनि गर्दैन। यसको अर्थ शक्तिको प्रयोग गरेर कुनै व्यक्तिको पछि संस्थालाई लगाइ काउन्सिललाई विवादमा तान्नु हुँदैन भन्नेमा पनि युनियन त्यतिकै प्रष्ट रहेको छ। यहिबेला काउन्सिलको उजुरीमा देशका विभिन्न भागमा क्रियाशिल पत्रकारहरु र आम नागरिकहरुलाई उनीहरुले सामाजिक सञ्जालमा लेखेका आधारमा पक्राउ गरिएका र गर्न खोजिएको घटनाले समेत हामी गम्भिर भएका छौ। सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा समेत नयाँ रहेको हाम्रो समाजमा सबै बिषयको हल प्रहरी प्रसासनको वलमा खोज्ने र तिनलाई विद्युतिय कारोवार ऐन मार्फत कार्वाही गराउन खोज्ने कार्यले काउन्सिलको भुमिकामाथि प्रश्न उठेको छ। सरकार समेत काउन्सिल तथा यसको नेतृत्व तहलाई प्रयोग गरि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै निर्देशित लोकतन्त्रतर्फ उद्यत भएको होकी भन्ने आशंका पैदा भएको छ। सामाजिक सञ्जालमा ब्यक्त अभिव्यक्तिसँग जोडिएका सबै बिषयलाई विद्यतिय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले हामीलाई सहि बाटोतर्फ लैंजादैन भन्नेमा युनियन दृढ छ। तसर्थ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा प्रेस काउन्सिलको गरिमालाई कायम राख्न नेपाल प्रेस युनियन काउन्सिल नेतृत्व र सबै सरोकारवालाहरु समक्ष अपिल गर्दछ भनिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान