शुक्रबार, बैशाख १४, २०८१

गंगामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह

 काठमाडौ असार १४,  राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताद्वारा सशस्त्र संघर्षको समयमा हत्या गरिएकामा सर्वोच्च अदालतबाट २०७२ सालमा आरोपित छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन नभएको भन्दै आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष शर्मा नेतृत्वको प्रतिनिधीमण्डल र गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको आज आयोगमा भएको भेटवार्ताको क्रममा यस्तो आग्रह गर्नुभएको हो ।

त्यस्तै भटवार्ताको क्रममा अध्यक्ष शर्माले अदालतको आदेशको कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपितलाई कूटनीतिक पहलमार्फत वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाइ कानूनबमोजिम कारवाही गर्न आग्रह गर्दैगर्दा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार सधैँ संवेदनशील भएको बताउँदै विधिको शासन कायम राखी दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गरिने बताउँनु भएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  भेटवार्तामा आयोगका सदस्य सुदीप पाठक , मोहना अन्सारी र गोविन्द पौडेल लगायतको  उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।