काठमाडौं जेठ ९, सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले मंगलबारको प्रारम्भिक बयानमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पक्रिए सुन काण्डबारेको धेरै रहस्य खुल्ने बताएका छन् । मंगलबार पक्राउ परेलगत्तै बयानका लागि मोरङ जिल्ला अदालत पु-याइएका गोरेले प्रहरी वरिष्ठ उपरीक्षक खत्रीलाई पक्राउ गरे सुन काण्डबारेको बाँकी धेरै रहस्य खुल्ने बयान दिएका हुन् ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको सूचीमा खत्रीको पनि नाम रहेको छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रुपैयाँ लिएको भेटिएको थियो । तस्करीमा संलग्न अन्य अभियुक्तले पनि एसएसपी खत्रीको नाम लिँदै आएका छन् । खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा समेत पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाइ दिएको थियो । पुनः सुनकाण्डमा उनको संलग्नता रहेको पाइएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि हाजिर हुन बोलाएको थियो । तर, उनी फरार रहँदै आएका छन् । यस्तै, गोरेले बयानकै क्रममा सुनका लगानीकर्ता मोहन अग्रवाल रहेको समेत खुलाएका छन् ।
गोरेले बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिसन लिने भएको भन्दै लगानीकर्ता मोहन अग्रवाल रहेको बयान दिएका हुन् । उनले एकै दिनमा ८६ किलोसम्म सुन भिœयाउने गरेको र त्यतिका सुनमा लगानी गर्ने आफ्नो हैसियत नभएको समेत बयानमा बताएका छन् । उनले दिएको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो पनि लगानी थिएन भन्ने होइन, कमाएको जति पैसा हाल्ने गरेको थिएँ, कहिले काहीँ थोरै परिमाण आफैं पनि ल्याउँथे ।’ उनले सुन हराएपछि आफूलाई दबाब बढेको र आफू सुन खोजीमा लागेको समेत बताएका थिए ।
बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्विकारेका छन् । उनको डायरीमा उल्लिखित विवरणअनुसारको रकम पूर्वडीआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाललगायतलाई दिएको उल्लेख छ । सुन तस्करीबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले गोरेलाई मंगलबार बिहानै काठमाडौंबाट पक्राउ गरेको थियो भने सार्वजनिक गरेलगत्तै विराटनगर ल्याएको थियो । राजधानीबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान