मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रपतिद्वारा पशुपतिनाथमा विशेष पूजाअर्चना

काठमाडौ बैशाख १०, राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजाअर्चना गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

उहाँले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराउनुभएको कोषले जनाएको छ ।

 कोषका अनुसार मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारीले कोषको अगुवाइमा पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएकोे छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।