मङ्लबार, बैशाख १८, २०८१

आज चिर ठड्याइएसँगै वर्ष ०७४ को विधिवत फागुपर्व प्रारम्भ

काठमाडौं फागुन ११ ,  वसन्तपुर कुमारीघर परिसरमा भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आज बिहान विशेष पूजा गरी विधिपूर्वक आज चिर ठड्याइएसँगै वर्ष ०७४ को विधिवत फागुपर्व सुरुभएको छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । फागुन १७ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट फागु पर्व मनाइन्छ । 

धार्मिक आख्यान अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भई प्रह्लाद बाँचेको पौराणिक कथा सन्दर्भलाई लिएर होली मनाइने गरिन्छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।