शुक्रबार, बैशाख १४, २०८१

महानगर लखेटिरहने अनि फुटपाथे व्यवसायी सामान बोकेर  भागिरहने ! कहिलेसम्म यो लुकामारीको खेल ? 

त्यस्तै त्यहि क्षेत्रमा डोकामा सामान राखेर फलफूल लगायतका सामान बिक्री गर्नेको संख्या पनि धेरै छ  तर नगर प्रहरीले विशेषगरि हामीलाइनै कालो भएकै कारण तारगेट बनाउँदै विरालोले मुसो लखेटैझै लखेट्छन ।

 विष्णु विष्ट / काठमाडौं फागुन ११,  फुटपाथ व्यवसायी र नगर प्रहरीबीचको लुकामारी खेल पुरानै भएपनि आज यो खेल काष्ठमण्डप आसपासका क्षेत्रमा देख्न पाईएको छ । महानगर लखेटिरहने अनि फुटपाथे व्यवसायी सामान बोकेर भागिरहने । सडकमा बसेर व्यवसाय गर्न पाइँदैन भन्ने उनीहरूलाई थाहा छ । स्थानीय तहले व्यवस्थापन गर्न नसकेकाले व्यवसायीहरू सडकमा बस्न छाडेको छैनन् । नगर प्रहरीले सामान कब्जामा लिन खोज्दा कति पटक दोहोरो झडप समेत भएका छन । महानगरले स्मार्ट सिटी बनाउने योजना अघि सारेको छ । यस्ता समस्याले योजना प्रभवित हुने ठूला व्यवसायी बताउँछन् ।

काष्ठमण्डप चोकमा साइकलमा फलफूल बिक्री गर्न बसेका आसु कुमार लगायतका साना व्यवसायी आज एका विनाहनै काठमाडौ महानगरपालिकाको अनाधिकृत पार्किङ्गसवारी नियन्त्रण टोलीको शिकार भएका छन ।   लामो समय देखि साइकलमा फलफूल राखेर बिक्री गर्दै आएका आसु कुमार भन्छन सानोतिनो व्यवसाय गर्नेलाई पनि ‘महानगरले व्यवस्थित गरिदिए कल्याण हुने थियो । बाटामा बसेर व्यपार गर्ने हाम्रो पनि रहर होइन बाध्यता हो उनले भने उनीहरू फुटपाथमा बस्नु गल्ती हो भनेर स्विकार्छन् । त्यस्तै त्यहि क्षेत्रमा डोकामा सामान राखेर फलफूल लगायतका सामान बिक्री गर्नेको संख्या पनि धेरै छ  तर नगर प्रहरीले विशेषगरि हामीलाइनै कालो भएकै कारण तारगेट बनाउँदै विरालोले मुसो लखेटैझै लखेट्छन ।

वास्तवमा भन्ने हो भने बिरालोले मुसो लखेटेजस्तो लखेटेर होइन, व्यवस्थापन गरेर बजारलाई नमुना बनाउन सकिन्छ । साइकल पसलले मात्र विश्व सम्पदा सूचीमा समाविष्ट उक्त क्षेत्रको गरिमा घटाउँने हो भने साँझ ६ बजे पनि नगरप्रहरीलाइ त्यस क्षेत्रमा आउँन चुनौती दिैदै एक स्थानीयले भने अव्यवस्थित वजार पार्किङ्गका कारण त्यस क्षेत्रका स्थानीय कस्तो समस्या झेन्लु पर्छ अनि थाहा हुन्छ महानगरलाइलाइ । बेला न कुवेला आतंक सिर्जना गर्ने महानगरको यो शैली विलकुल गैर जिम्मेवारपूर्ण रहेको भन्दै ति स्थानीयले थपे साँझ हुन नपाउँदै काष्ठमण्डप क्षेत्रमा हुने सवारी जाम र अव्यवस्थित वजार पार्किङ्गका कारण स्थानीय आफनो गनतव्यबाट घर पुग्न धौधौ हुन् । यस्तो बेला महानगरका नगर प्रहरी टापिक प्रहरीको नामोनिसान हुन्न ।

तर हरु वेला खै केहो अजिवको खेला हुन्छ यहाँ भन्दै गुनासो गरे । अझ रोचक कुरा त पसल राखेबापट पक्राउ परे एक हजार ५ सय को रसिद राजस्व मात्र हैन नियन्त्रणमा लिईएको सामन फिर्ता पाउँन अरु पनि पैसा असुल्न पाउँने भएका कारण नगरप्र हरीको तारगेटमा साइकल फलफुल व्यापारि पर्ने गरेको एक  व्यवसायीले बताए ।http://www.kantipurhotline.com/wp-content/uploads/2018/02/video-1519358421.mp4

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।