मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रपतिबाट फागुन २१ गतेका लागि संसद् अधिवेशन आव्हान

काठमाडौ फागुन ७,  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गते बस्ने गरी संसद् अधिवेशन आव्हान गर्नु भएको छ । संविधानको धारा ९३ ले प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद् अधिवेशन बस्नुपर्ने व्यवस्था गरेको छ।

यसैवीच संसद् सचिवालयले अधिवेशनको अघिल्लो दिन वा त्यसैदिन सांसदहरूको शपथ खुवाउने गरी तयारी गरेको छ।  संसदका प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभामा अध्यक्ष निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने परम्परा अनुरुप ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ खाएपछि अरू सांसदलाई शपथ दिलाउँदै बैठकको आरम्भ गर्दै   फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउँने सचिवालयले जनाएको छ। संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाले सभामुख र उपसभामुख तथा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्ष निर्वाचित गर्नुपर्ने हुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।