मङ्लबार, बैशाख १८, २०८१

एमाले र माओवादी केन्द्रबीच भागवण्डाको बन्यो  सहमति कसले के पाउँने  ? 

 एमालेले ४ प्रदेश र  माओवादी केन्द्रले २  प्रदेशमा  नेतृत्व गर्ने  

 काठमाडौ माघ १४,  लामो रस्साकस्सीपछि अन्तत बाम गठबन्धनको सयुक्त कार्यदलको बैठकले प्रदेश सरकार र नेतृत्व सम्बन्धी भागवण्डा टुंग्याएको छ । सिंहदवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको सयुक्त कार्यदलको बैठकले गरेको सहमतिअनुसार बाम गठबन्धनले सरकार गठन गर्ने ६ वटा प्रदेश मध्ये एमालेले ४ प्रदेश क्रमस १, ३, ४ र ५ र   माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७मा गठन हुने सरकारको नेतृत्व गर्ने नितिगत सहमति गरेका छन ।

त्यस्तै प्रदेश सभामुखको हकमा एमालेले   प्रदेश न १, ३, ६ र ७   र माओवादीकेन्द्र भागमा प्रदेशन ४ र ५ मा सभामुखको नेतृत्वको गर्ने गरि भागवन्दा गरेको छ ।    प्रस्तुत सहमति अनुसार   एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा सरकारको नेतृत्व गर्ने छ भने माओवादीले प्रदेश नम्बर ६ र ७ मा प्रदेश सरकारको नेतृत्व गर्नेछ । यस्तै प्रदेश नम्बर १, ३, ६ र ७ मा एमालेले सभामुख लिने छ भने ४ र ५ मा माओवादीले सभामुख लिने छ । त्यस्तै उपसभामुखको सवालमा  भने माओवादीले प्रदेश नं १, ३, ६ र ७ र एमालेको प्रदेश नं ४ र ५ र मा उपसभामुख पाउँने भएको छ ।  त्यस्तै प्रदेश सरकारमा बढीमा ११ सदस्यीय मन्त्रिमण्डल बनाउने नितिगत सहमति सहमति सहित कायम गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।