मङ्लबार, बैशाख १८, २०८१

स्थानीय न्यायाधिसलाई मेलमिलाप र न्याय सम्वन्धी तीन दिने अभिमुखीकरण

इलाम माघ १०   स्थानीय स्तरमा न्याय सम्पादन र विवाद निरुपणको काम गरिरहेका स्थानीय तहका उपप्रमुख तथा पार्टी प्रमुखहरुका लागि मेलमिलाप र पुनस्र्थापनामुखी न्याय सम्वन्धी तीन दिने अभिमुखीकरण आज बुधबार इलाममा सुरु भएको छ ।

संवाद समूह झापाको आयोजनामा भएको अभिमुखीकरणमा विवाद तथा द्धन्द्ध समाधानमा संवाद, मेलमिलापको भूमिका तथा पक्षहरुलाई वास्तविक न्याय कसरी दिन सकिन्छ भन्ने विषयमा आवश्यक ज्ञान, सीप र अनुभव आदानप्रदान भइरहेको छ । पुनस्र्थापनामुखी न्यायबारे नेपाल इन्स्टिच्यूट अफ जस्टीसका राम तिवारी, मेलमिलापको विषयमा मानव अधिकार मञ्च इलामका शिखरनाथ सापकोटा र वीरवहादुर खड्काले सहजीकरण गरिरहेका छन् ।

झापाका १० स्थानीय तहका उपप्रमुखहरु, राजीतिक दलका प्रमुखहरु तथा इलाम सुनसरी र मोरङका प्रतिनिधि गरी उक्त अभिमुखीकरणमा २४ जनाको सहभागिता रहेको छ । प्रस्तुत अभिमुखीकरणबाट स्थानीय ‘न्यायाधिस’को परिचय पाएका स्थानीय तहमा न्यायिक समिति अन्तर्गत रहेर काम गरिरहेका उपप्रमुखहरु तथा विवाद निरुपणमा भूमिका खेलिरहेका राजनीतिक दलका प्रमुखहरुलाई उक्त अभिमुखीकरणबाट कार्य सम्पादनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।