बुधबार, बैशाख १९, २०८१

नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने तामाङद्वय प्रहरीको फण्डामा

काठमाडौं पुस ५, महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ।  टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाईं राख्नुहोस्, हामीलाई तपार्इंसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेँलो धातुको ढिक्का दिई रकम  ठगी गरेको  थाहा भएको छ ।

पक���राउ परेका तामाङद्वयलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । साथै त्यसमा संलग्न रहेका अन्य व्यक्तिहरुको समेत खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।  महाशाखाले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।