बिहिबार, बैशाख ६, २०८१

राजधानीमा २५ लाख रुपैयाँको लट्री जित्नु भएको छ भन्दै ठगी गर्न पल्लेकका संगठित अपराधका गिरोह सक्रिय

काठमाडौं पुस ६,  तपाइले प्रयोग गर्ने मोवाइल एप्स अन्र्तगत भाइवरमा ००९१८२३९७५७५९६ नम्वरको मोवाइलबाट कल आयो भने सचेत हुनु पर्ने भएको  छ ।    प्रस्तुत नम्वरबाट राजेश कुमार नाम गरेका व्यक्तिले आफु भाइवर कल सेन्टरबाट वोलेको  तपाईले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्ड बापत २५ लाख रुपैयाँ लट्री जित्नु भएको छ । नेपाल भारतका सेवाग्राहीले प्रयोग गर्ने गरेको सिम कार्डको लक्की ड्र गर्दा हजुरको नम्वर सेलेक्ट भएको छ । तपाइको नम्वर यो होकी होइन जाँच गर्नु होला, यदि हो भने २५ लाखको भारतीय रुपैयाको लौट्रीको आफ्नो प्राइज सुरक्षित गर्न तत्काल यो नम्वरमा कल गर्नु होला भन्दै दुवैको नगेन्द्र सिंह मेहताको नम्वर फरवार्ड गर्दै सोझा सिधा नेपालीलाइ प्रलोभन देखाइ ठगी गर्ने गरिएको छ ।

यि हुन नगेन्द्र सिंह मेहता

 

त्यस्तै २५ लाख भारतीय रुपैयाको लक्की ड्र दावी गर्न मेहताले फोन तथा म्यासेज गरी प्रलोभनमा पारी सो लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछि मात्र उक्त रकम तपाईको खातामा जम्मा हुने कुरा बताई आइएमई तथा विभिन्न बैंक मार्फत पैसा पठाउन लगाई ठगी गर्दै आइरहेका छन । 

त्यस्तै नेपाल स्थित कुनै बैकको खाता नम्वर दिन आनाकानी गरे लगत्तै खातामा लक्की ड्र बापटको रुपैया ट्रान्सफर र गरिदिने भन्दै एकदमै मिठो स्वरमा अर्को अमुक नेपाली महिलाको आवाजमा नयाँ कल आउँन सुरु हुन्छ । ति महिलाले मिठो आवाजमा प्रष्ट नेपाली वोल्दै रकम फरवार्ड गर्ने समयसिमा सकिन लागेकोले प्राइज परेकोमा बधाइ ज्ञापन गर्दै आफ्नो वा आफ्नो परिवारका सदस्यको खाता नम्वर दिन आग्रह गर्छिन । यसवीचमा यहाँले आफ्नो खाता नम्वर दिनु भो भने समस्या सिर्जना हुन सक्छ त्यसअर्थमा वेलैमा सचेत बन्न सचेत हुनु पर्ने भएको छ यस्तो भुल भुलैयामा पर्यो भने आफ्नो भएको रकम समेत स्वाहा हुने गर्दछ ।

यसवीचमा नेपाल प्रहरीले वेलाबखत यस्ता अपराधीलाइ पक्राउ नगरेको होइन तर पनि ठगीका घटना रोकिन सकेका छैन । मंगलवार मात्र पर्सा प्रहरीले यस्तै ठगीको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा घर भएका २६ वर्षीय साकिर रेजा, सोही ठाउँ बस्ने २१ वर्षीय मुकेशकुमार राय र बाराको बरियारपुर नगरपालिका–१ घर भई महागढीमाई नगरपालिका–१ बस्ने ३४ वर्षीय फिरोज राय भाट रहेका छन् ।    प्रहरीका अनुसार यस्ता अपराधमा संलग्न गिरोहका पक्राउ गरी ठगी तथा संगठित अपराध शिर्षकमा मुद्धा दर्ता गरी कारवाही गर्ने गरेको जनाएपनि अपराध  र अपराधी घट्न  सकेका छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930