शुक्रबार, चैत्र १६, २०८०

चैत ८ गतेदेखि एसईई परीक्षा सञ्चालन हुने

काठमाडौं पुस ५ , राष्ट्रिय परीक्ष वोर्डको आज बसेको बैठकले वर्ष २०७४को एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सञ्चालन गर्ने भएको छ ।  वोर्डको बैठकले यसपटक अन्तिम शनिबार बिदाको दिन पनि परीक्षा लिनुको  अलावा यस वर्ष इक्जाम्टेडतर्फका विद्यार्थीलाई पुरानै कोर्सअनुसार परीक्षा लिइनेछ भने रेगुलरलाई नयाँ कोर्सअनुसार परीक्षा लिने नितिगत निर्णय गरेको छ ।

यसैवीच वोर्डले तय गरेको परीक्षा तालिका अनुसार: 

  • चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा
  •  चैत ९ गते शुक्रबार अनिवार्य नेपाली
  •  चैत १२ गते अनिवार्य गणित’
  •  चैत१३ गते अनिवार्य विज्ञान
  •  चैत १४ गते प्राविधिकतर्फको परीक्षा हुने भएको छ
  •  चैत १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा
  •  चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय
  •  चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेण्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने   छ ।
  •  चैत १८, १९ र २० गते प्राविधिक विषयतर्फको परीक्षा हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।