मङ्लबार, बैशाख १८, २०८१

कांग्रेसका महामन्त्री डा कोइरालालाई लक्षण् रहित कोभिड संक्रमण

काठमाडौ भाद्र २३ ,

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोभिड संक्रमण देखिएको छ । महामन्त्री कोइरालाको ह्याम्स अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको समाचार स्रोतले जनाएको छ ।

उपत्यकामा बढ्दो संक्रमणको रफ्तारलाइ देष्टिगत गर्दै कोइरालाले परिवार तथा सचिवालयका सबै सदस्यहरुको कोरोना परीक्षण गराएको बुझिएको छ ।  यद्यपी महामन्त्री डा कोइरालालइ संक्रमण देखिएपनि त्यस्तो कुनै लक्षण नदेखिएको समाचार स्रोतले जनाएको छ । तथापी उहाँ होम आइसोलेसनमा रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।