शुक्रबार, बैशाख १४, २०८१

राजधानीका मुख्य सडक र चोकमा सचेतनामुलक ट्राफिक डमी

काठमाडौं भाद्र २३ ,
पछिल्लो समय महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि राजधानीका मुख्य सडक र चोकमा सचेतनामुलक ट्राफिक डमी प्रहरी राख्नु शुरु गरेको छ । सवारी साधनको तिव्र गति र बढ्दो सडक दुर्घटनासंगै लेन अनुशासन बनाइ राख्न काठमाडौ महानगरपालिकासँगको सहकार्य महानरीय ट्राफिक महाशाखाले टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने र हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा हुने जरिवानाको सूचना सहितको काल्पनिक ट्राफिक प्रहरीको डमी राखेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार यस किसिमको व्यवस्थाले तिव्र गति सहित लेन अनुशासन तोड्दै सवारी चलाउने चालक हतोत्साहित हुने बताउनुभयो । त्यस्तै महाशाखाले तत्कालालइ सिंहदरबार, , माईतिघर, नयाँ बानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक लगायतका क्षेत्रमा राखिएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।