शनिबार, बैशाख ८, २०८१

एनओसीले सबै ओलम्पियन खेलाडीको कोभिड बीमा गर्ने

काठमाडौं भाद्र२३ ,
नेपाल ओलम्पिक कमिटी [एनओसी] ले सबै ओलम्पियन खेलाडीको कोभिड बीमा गरिदिने भएको छ । एनओसीको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडी संगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य तथा सबै कर्मचारीको कोभिड बीमा गर्ने निर्णय गरेको हो ।

यसैबीच,एनओसीले कोरोना संक्रमित महासचिब निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी कोभिड मुक्त भएको जानकारीदिदै बैडकले कोभिड संक्रमित नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता समेत रहेका ओलम्पियन जितबहादुर केसीलाई स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डाक्टर सरोज कृष्ण श्रेष्ठलाई संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न निर्देशन दिदै सबैलाई डब्लुएचओ र नेपार सरकारले दिएको नियमलाई पालना गर्न आग्रह गरेको प्राप्त जानकारीमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।