मङ्लबार, बैशाख १८, २०८१

आफूलाई सत्ताबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको प्रम ओलीको खुलासा

काठमाडौ असार १४, प्रधानमन्त्री केपी मुलुकको लिम्पियाधुरा, र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्शा जारी गरेकै कारण आफूलाई सत्ताबाट हटाउन देशी र विदेशी शक्ति लागि परेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसनद्वारा आज  प्रमको सरकारी निवास बालुवाटारमा  मदन भण्डारीको जन्मजयन्तीको अवसरमा  आयोजित कार्यक्रममा प्रष्ट शब्दमा नक्सा जारी गरेकै कारण छिमेकी  मुलक भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको खुलासा गर्नुभएको हो ।

साथै उहाँले यसवीचमा आफुलाइ प्रधानमन्त्रीबाट हटाउने लागि परेका शक्तिलाइ हामीले अरूको जमिन अतिक्रमण गरेको होइन । आफ्नो भुमि फिर्ता गर्न खोज्दा आफुलाइ प्रधानमन्त्रीबाट हटाउने सपना सहित  भइरहेको तिकडम   बन्द गर्न   चेतावनी  दिदै  नेपालको आजको रााष्ट्रियता कमजोर नभएको पक्षप्रति सचेत हुन  भन्दै  नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने अठोट समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै गरि भुलचुकले नेपालको नयाँ नक्शा छापिएको वा संविधान संशोधन गरिएको नभइ आफ्नो अतिक्रमित भूमि फिर्ता लिन शुरु भएको   अभियानकै कारण  यो वा त्यो  कोणबाट भइरहेको तिकडमले आफ्नो अभियान नरोकिने समेत बताउनभयो । साथै यसअघि पनि चीनसँग पारवहन सम्झौता गरेकै कारण आफु पदबाट हट्नु परेको स्मरण सहित त्यसवेला पनि यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्न नपरोस भनेरनै आफुले चीनसँग यातायात तथा पारवहन सन्धि गरेको दावी समेत प्रस्तुत गनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।