शुक्रबार, चैत्र १६, २०८०

लुकाई छिपाई ल्याएको जडीबुटी सहित पक्राउ

काठमाडौं असार १४ नेपाल प्रहरीले निलकण्ठ नगरपालिका १२ दामगाडेबाट रुविभ्यालीबाट धादिङवेसीतर्फ गाउँदै गरेको बा।५ ख ६१८० नम्बरको मिनि ट्रकमा लुकाई छिपाई ल्याएको जडीबुटीहरु जटामसी ३ सय १० किलो ७७ ग्राम, निरमसी २ किलो १ सय ५० ग्राम, गुची च्याउ १७ ग्राम र यार्सागुम्बा १ किलो ८ ग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त मिनि ट्रकका चालक रुविभ्याली गाउँपालिका बस्ने पेम्बा तामाङ, सोही ठाउँ बस्ने ट्रकका सह चालक टसी तामाङ, झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेको जनाउदै प्रहरीले ट्रक खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको जडीबुटीहरु फेला पारी ट्रकमा सवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ व्यक्तिहरुलाई बरामद जडीबुटी सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसैवीच महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटी प्रहरीको संयुक्त टोलीले काठमाडौं महानगरपलिका९१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा नुवाकोट विदुर नगरपालिका९१३ घर भइ काठमाडौं बालाजु बस्ने
३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति पक्राउ गरेको जनाएकेछ । छ ।

प्रहरीका अनुसार प्रदेश ३९०२९००५ प ३६०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बाँनिया सहित ६ जनाले एक्कासी प्रहरी टोलीमाथि मदिराको बोतलले आक्रमण गर्न खोज्दै अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई थान मोटरसाइकल, २ थान स्कुटर र मदिराको बोतल ४ थान समेत प्रहरीले बरामद गरेको जनाउदै थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।