मङ्लबार, बैशाख १८, २०८१

बढि मूल्यमा मास्क र थर्मल गन बिक्री गर्ने सर्जिकल हाउसलाइ २ लाख जरिवाना

काठमाडौं बैशाख १७ , आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज ललितपुरस्थित काठमाडौ ट्रेडिङ प्रालिलाई दर्ताविना सर्जिकल पसल सञ्चालन गरेको र बढी मूल्यमा मास्क र थर्मल गन बिक्री गरेको अभियोगमा कारवाही गरेको छ ।

विभागले अनुगमनको क्रममा काठमाडौँ ट्रेडिङ प्रालिले प्राप्त उजुरी अनुरुप दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु दुई लाख जरिवाना गरेको हो ।

विभागका अनुसार रु ४ हजार पाँच सयमा खरीद गरिएको थर्मल गनलाई रु आठ हजार र एन–९५ मास्कलाई पनि बजारमूल्य भन्दा बढि मूल्यमा बिक्री गर्दै आएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।