बुधबार, बैशाख १२, २०८१

जन्मकैद सजाय तोकिएका फरार अभियुक्त ४१ वर्षपछि पक्राउ

स्याङ्जा वैशाख १७ ,  जन्मकैद सजाय तोकिएका फरार अभियुक्त ४१ वर्ष पछि पक्राउ परेका छन । चापाकोट नगरपालिका ८ बस्ने ६७ वर्षीय डिल्ली बहादुर घर्तिलाई घटना घटेको ४१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०३३ साल बैशाख २ गते तत्कालीन रत्नपुर गाँउपञ्चायत हाल चापाकोट नगरपालिका ८ काली गण्डकी नदी किनारास्थित खोरियाघाट मेलाको क्रममा २४ वर्षीय जीत बहादुर रानालाई कुटपिट गरी कालीगण्डकी नदीमा फालेर बेपत्ता बनाएको

घटनामा संलग्नहरु १३ जनालाई जिल्ला अदालत स्याङ्जाबाट २०३६ माघ १७ गते कसूरदार ठहर गरी जन्मकैदको फैसला भएकोमा जन्म कैदको सजाय तोकिए पश्‍चात् फरार रहेका प्रतिवादी मध्येका डिल्ली बहादुरलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेलगत्तै घर्तिलाइ जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेश अनुरुप  सजाय भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जनाएको छ ।

त्यस्तै फरार हर्का अभियुक्त मध्ये तत्कालीन रत्नपुर गाउँ पञ्चायत ८ बस्ने हाल ७० वर्षीय भक्त बहादुर कुमाल त्यस्तै ६५ वर्षीय देबि बहादुर घर्तीलाई यसअघिनै पक्राउ गरेकोमा हाल जिल्ला कारागार पाल्पामा सजाय भुक्तान गरिरहेका छन् ।  घटनामा संलग्न रही फरार रहेका अन्य अभियुक्तको समेत प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।