शुक्रबार, बैशाख ७, २०८१

थप तीन जनामा कोभिड संक्रमण भएको पुष्टि , संक्रमति सवैको अवस्था सामान्य: प्रवक्ता देवकोटा

आयुर्वेदिक चिकित्सासम्बन्धी निर्देशिका जारी

काठमाडौं वैशाख १७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । आजको मिडिया ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाराका दुईजना र पर्साका एकजनामा कोभिड संक्रमण भेटिएको र उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भएको । योसँगै नेपालमा कोरोना संक्रमित ५७ जना पुगेको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले ‘पीसीआर’बाट ११ हजार ५२४ ओटा तथा ‘आरडीटी’बाट ४५ हजार ६६५ गरी ५७ हजार १८९ ओटा परीक्षण परीक्षण भएको र पछिल्लो २४ घन्टाको अवधिमा दुई हजार ३६७ ओटा नमुना परीक्षण भएको जानकारी दिनु भएको छ ।

साथै प्रवक्ता देवकोटाले विदेशबाट आएकाहरुमा अझैपनि संक्रमणको जोखिम रहेको भन्दै अरुलाई रोग सर्न नदिनका लागि घरमै बस्न र स्वास्थ्य जाँच गराउन आग्रह गर्दै मन्त्रालयले आयुर्वेदिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको जानकारी दिनु भएको छ । त्यस्तै देशैभर २२ हजार ९०१ जना ‘क्वारेन्टाइन’मा रहेको र उपत्यकामा चारसहित ८७ जना ‘आइसोलेसन’मा रहेको बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031