बुधबार, बैशाख १९, २०८१

कोभिड-१९को संकटबाट नेपाल र नेपालीलाई जोगाउन काँग्रेसले सरकारलाई हरसम्भव सहयोग गर्ने

काठमाडौ चैत २५, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको उपत्यकामा उपलब्ध पदाधिकारीहरुको बैठकले मुलुकको विद्यमन अवस्थाको समिक्षा गर्दै कोरोना भाइरसको संकट समाधानका लागि सरकारलाई सहयोग गर्ने लगायतका १३ बुँदे निर्णय गरेको छ । कोभिड -१९को संक्रणको महामारीसँग लड्न सरकारलाई पर्याप्त समय भए पनि आवश्यक तयारी गर्न नसकेको निष्कर्ष सहित बैठकले निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा लक डाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपील गर्दै अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न÷गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न सरकार समक्ष माग गरेको छ ।

साथै कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गदै स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै देशभरिका स्वास्थकर्र्मीहरुप्रति उच्च सम्मान समेत प्रकट गरेको छ।
त्यस्तै पीपीई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अभावका कारण परेको मनोबैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको छ ।

त्यस्तै काँग्रेस बैठकले सिमानाकामा अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण गराउँदै यसवीचमा सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न माग गरेको छ ।

त्यस्तै बैठकले पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरु, पार्टीको जिल्ला कार्य समितिको नेतृत्व देखि टोल सम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानविय भावनाका साथ काम गर्न समेत कांग्रेसले निर्देशन दिदै यसविष्म अवस्थामा केन्द्रीय स्तरबाट पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।