शनिबार, बैशाख १५, २०८१

९ हजार २२८ जना क्वारेन्टाइनमा : डा देवकोटा

काठमाडौ चैत २५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको र उपचाररत आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी सहित कैलाली र कञ्चनपुर जिल्लामा ‘र्‍यापिड डाइगोनेस्टिक टेस्ट’का लागि स्वाबको नमुना संकलनलाई तीव्र बनाइएको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.25 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.25#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Dienstag, 7. April 2020

त्यस्त्ै उहाँले संक्रमितको सम्पर्कमा आएका कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको जानकारी दिदै काठमाडौमा १६ जना र काठमाडौँबाहिर ८४ जना आइसोलेसनमा ९ हजार २२८ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनु भएको  छ । नेपालमा हालसम्म ९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।