शुक्रबार, चैत्र १६, २०८०

आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक : पूर्वराजा शाह

प्रम ओलीको सम्बोधनले जनता देखि पूर्वराजा समेत अवाक

काठमाडौ चैत्र २५, प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा गरेको सम्बोधन केवल सम्बोधनको लागि सम्बोधन भएको भन्दै सामाजिक संञ्जाल देखि अनेक क्षेत्रमा टिका टिप्पणी भइरहको छ । यहाँसम्मकी विपद्को यस घडिमा प्रम ओलीबाट जनपक्षिय राहहतका कार्यक्रम सहितका नयाँ योजना सार्वजनिक हुने अपेक्षा गरेका जनताले  यसअघिको सम्बोधनमा आइसकेका विषय वस्तुलाइनै थप परिष्किृत गर्दै प्रम ओलीले सम्बोधनका लागि सम्बोधन मात्र गरेको चर्चा शुरु भएको छ ।

साथै उहाँले सम्बोधनको क्रममा जनतालाइ आगामी दुइ हप्ता थप सारो गारो पर्ने भन्दै थप सन्त्रास दिदै सरकारको तर्फबट भएको स्वास्थ्य सामग्री खरिदका प्रकरणमा आम जनतालाई आश्वस्त पार्नेभन्दा पनि उक्त खरिद प्रकरणमा जोडिएका मन्त्री र प्रशासकको बचाउ गर्न लागि सम्बोधन गरेको अभिव्यक्ति समेत यसवीचमा सामाजीक सञ्जालमा अभिव्यक्त भएका छन ।

यसैवीच प्रम ओलीको सम्बोधन प्रति जनता मात्र होइन पूर्व राजा ज्ञानेन्द्र शाह बेखुश देखिएका छन् । पूर्वराजा शाहले सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन गर्न नसकेको बताएका छन । त्यस्तै उहाँले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले भनेका छन्, ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो । राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।