मङ्लबार, बैशाख १८, २०८१

७५३ स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयको ११ बुँदे निर्देशन

काठमाडौं फागुन २९, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका सबै ७५३ स्थानीय तहलाई ११ बुँदे निर्देशन सहित ठूला जमघट सहितका सामाजिक कार्य भोजभतेर , उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोनाको विश्वव्यापी बढ्दो प्रभाव र यसको संक्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

त्यस्तै निर्देशनमा मन्त्रालयले नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाई नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँचरस्क्रिनिङको कार्यलाई प्रभावकारी गर्न निर्देशन दिनुको अलावा मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समय समयमा परीक्षण गर्ने व्यवस्था मिलाउनसमेत स्थानीय तहलाई आग्रह मन्त्रालयका सहसचिव बसन्त अधिकारीद्दारा हस्ताक्षरित निेर्दशन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै मित्रराष्ट्र भारतसँग जोडिएका मुख्य नाका पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाह, गड्डाचौकीलगायत ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वास्थ्य कक्ष स्थापना गरी स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न, सीमावर्ती क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न नेपाली नागरिकलाई सूचित गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को संक्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना जारी गरी प्रचारप्रसार गर्ने र गराउने, स्यानिटाइजर, मास्क, औषधि एवं अत्यावश्यक सामग्रीलगायत दैनिक उपभोग्य अन्य वस्तुको बजारमा नियमित एवं सहज आपूर्तिको व्यवस्था तथा बजार स्वच्छता कायम राख्न स्थानीय तहबाट सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन तथा नियमनको कार्यलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएके
छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।