शनिबार, बैशाख ८, २०८१

नेपालमा ४५० जनाको कोरोना परीक्षण, कोरोना आशंकमा टेकु र पाटन अस्पतालमा ५ बिरामीको उपचार हुँदै

काठमाडौं फागुन २९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा अहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको र कुनै पनि कोरोना संक्रमित नलुकाइएको बताएको छ ।

साथै पत्रकार सम्मेलनममा प्रवक्ता देवकोटाले नेपालमा १ जनाबाहेक अरुलाई देखिएको छैन । संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको छ । त्यो क्षत्रबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाईएको जानकारी दिनु भएको छ ।

साथै कोरोनाको कहर नेपालमा नदेखिएपनि प्रवक्ता देवकोटाले कोरोना आशंकमा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना र पाटन अस्पतालको आइसोलेसन वार्डमा एकजना बिरामीको उपचार भइरहेको जानकारी  दिदै  सरकारले चीनको वुहानबाट उद्धार गरी ल्याएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनको १६ दिन पछि बिदाइ गरिसकेको समेत जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।