बुधबार, बैशाख १९, २०८१

विवादास्पद विधेयक नल्याउन प्रम ओलीलाइ कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं पुस ३ , प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटवातार्का क्रममा उहाँहरुवीच सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी विधेयकका बारेमा छलफल भएको हो ।

त्यस्तै त्यसअवसरमा काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सरकारले ल्याउँन लागेको संवैधानिक परिषदसम्बन्धी संवैधानिक परिषद सम्बन्धी विवादास्पद अध्यादेश वा विधेयक नल्याउन आग्रह गर्दै सरकारको रवैयाका विषयमा आपत्ति जनाउँनु भएको बुझिएको छ ।

त्यस्तै कुनैपनि निकायका प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन काँग्रेसको लागि किमार्थ स्वीकार्य नहुने जनाउ समेत दिनु भएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।